
२८ वैशाख, काठमाडौं । हाम्रो डक्टर डटकम र हाम्रो डक्टर मोबाइल एप्लिकेसनले निःशुल्क कोभिड परामर्श सेवा सुरु गरेको छ ।
नेपालकै पहिलो अनलाइन हेल्थकेयर प्लेटफर्म हाम्रो डक्टर डटकमले एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीको अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले निःशुल्क परामर्श सेवा सुरु गरेको जनाएको छ । यसअघि हाम्रो डक्टरले चिकित्सकसँग सःशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको थियो ।
गुगल र एप्पल स्टोरमा उपलब्ध मोबाइल एप्लिकेसनको परामर्श सेक्सनमा गएपछि आउने कोरोना कल्सल्टेसनमा प्रयोगकर्ताले विनाशुल्क चिकित्सकहरुसँग परामर्श गर्न सक्ने कम्पनीका सीईओ उद्धवराज भेटुवालले बताए ।
यस्तै हाम्रो डक्टरले इन्टरनेटको सुविधा नपुगेका ठाउँ र त्यहाँका बासिन्दालाई लक्षित गरी डाइरेक्ट हटलाइन सेवा पनि सुरु गरेको छ । चिकित्सकसँग कोरोनासम्बन्धी जानकारी र परामर्श लिनका लागि हाम्रो डक्टरले तीनवटा हटलाइन नम्बर सार्वजनिक गरेको छ । ९८०२३१५२२६, ९८०२३१५२२७ र ९८०२३१५२२८ नम्बरमा सम्पर्क गरी कोरोना भाइरस संक्रमणका बारेमा चिकित्सकसँग जानकारी लिन सकिने जनाइएको छ ।
प्रतिक्रिया 4