
२९ वैशाख, काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
ना ४ ख ८९४० नम्बरको ट्रकले से ५ प २२९९ नम्बरको मोटरसाइकलाई मंगलबार बेलुका ठक्कर दिंदा मोटरसाइकल चालक कैलालीको गोदावरी नगरपालिका–९ बल्मीका ३५ वर्षीय मीनबहादुर ठकुल्लाको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4