
२९ वैशाख, विराटनगर । मोरङमा एकै दिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार होम आइसोलेसनमा तीन र अस्पतालमा आठ जना गरी ११ जनाको मृत्यु भएको हो ।
नोबेल मेडिकल कलेजमा चार, विराट मेडिकल कलेजमा दुई, कोशी अस्पताल र न्यूरो अस्पतालमा एक–एक जनाको मृत्यु भएको हो । त्यस्तै विराटनगर, सुन्दरहरैंचा र जहदामा तीन जनाको होम आइसोलेसनमा मृत्यु भएको छ ।
सुनसरीको इनरुवा नगरपालिका–१ का ७५ वर्षीय पुरुषको बुधबार बिहान ३ नोबेलमा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । सप्तरीकी ५५ वर्षीया महिलाको बिहान ७ बजेतिर नोबेलमा मृत्यु भएको छ । महिलालाई उपचारका लागि मंगलबार अस्पताल भर्ना गरिएको थियो ।
विराटनगर महानगरपालिका–९ की ८० वर्षीया वृद्धा महिलाको बुधबार मृत्यु भएको हो । उनलाई उपचारका लागि मंगलबार अस्पताल भर्ना गरिएको थियो ।
नोबेलमै विराटनगर–१० का ४६ वर्षीय पुरुषको मृत्यृ भएको छ । पीसीआर रिपोर्ट पोजेटिभ आएपछि ती पुरुषलाई वैशाख २६ गते अस्पताल भर्ना गरिएको थियो । प्रबन्धक दाहालका अनुसार बिहान ८ बजेतिर उनको मृत्यु भएको हो ।
यस्तै विराटनगर–९ का ५२ वर्षीय पुरुषको विराट मेडिकल कलेजमा बुधबार बिहान मृत्यु भएको छ । उनलाई उपचारका लागि वैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो ।
सिरहाको लहान नगरपालिका–१ का ८० वर्षीय वृद्धको पनि विराटमै मृत्यु भएको छ । उनलाई मंगलबार उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।
यसैगरी विराटनगर महानगरपालिका–६ का ३९ वर्षीय पुरुषको न्यूरो अस्पतालमा बुधबार दिउँसो मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो ।
कोशी अस्पतालमा विराटनगर–१२ का ८० वर्षीय वृद्ध पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।
होम आइसोलेसनमा तीनजनाको मृत्यु
मोरङमा होम आइसोलेसनमा तीनजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१३ का ५८ वर्षीय पुरुषको बुधबार बिहान ११ बजेतिर मृत्यु भएको हो । उनलाई वैशाख १६ गते कोरोना पुष्टि भएको थियो ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ का ७९ वर्षीय वृद्धको पनि बुधबार मृत्यु भएको छ । उनलाई वैशाख २७ गते कोरोना पोजिटिभ देखिएको थियो ।
मोरङको जहदा गाउँपालिका–७ का ६० वर्षीय पुरुषको पनि होम आइसोलेसनमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया 4