Comments Add Comment

पत्रकार महासंघ रुपन्देहीमा ‘कोरोना आपतकालीन कोष’

३० बैशाख, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोना संक्रमण र यसको असरबाट प्रभावित पत्रकारहरुलाई सहयोग गर्ने उद्देश्यले ‘कोरोना तथा आपतकालिन कोष’ स्थापना गरेको छ ।

कोषमा तीन दिनमा २ लाख ५० हजार रुपैयाँ प्राप्त भइसकेको कोषका संयोजक एवं महासंघका उपाध्यक्ष विश्वास ढकालले बताए ।

कोषमा विभिन्न सामाजिक व्यक्ति, उद्योगी व्यवसायी, संघसंस्था, विदेशमा रहेका नेपाली एवं पत्रकारिता क्षेत्रका व्यक्तिबाट थप ५ लाख रुपैयां सहयोगको प्रतिबद्धता आएको अध्यक्ष रामराज पोखरेलले जानकारी दिए ।

महासंघ रुपन्देहीका सचिव विनोद परियारका अनुसार कोरोनाको दोस्रो लहरबाट रुपन्देहीका २१ जना पत्रकार संक्रमित भएका र केही पत्रकार अस्पतालमा उपचाररत छन् ।

कोषमा रकम जम्मा गर्न चाहनेले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुटवल शाखाको खाता नम्बर ००१००१००००५०३३०००००१ मा जम्मा गर्न सक्ने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment