Comments Add Comment

डोटीमा जेठ १५ सम्म निषेधाज्ञा थपिने   

३० वैशाख, डोटी । डोटीमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले यसअघि वैशाख २१ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

जिल्लामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढिरहेकोले यसको नियन्त्रणका लागि निषेधाज्ञा नै उत्तम विकल्प भएकाले लम्ब्याउने निर्णय गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए । उनले निषेधाज्ञाको बेवास्ता गरी बिना काम बाहिर हिंडडुल नगर्न पनि आग्रह गरेका छन् । निषेधाज्ञालाई डोटीमा कडाइका साथ लागू गरिने उनले बताए ।

वैशाख महिनामा मात्र डोटीमा ५१८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment