
३० वैशाख, बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीमा पछिल्लो २४ घणटामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च हो । योसँगै जिल्लामा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३२७ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा १२९७ नमुना परीक्षण गर्दा ४९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये बुटवल उपमहानगरका १९४, तिलोत्तमाका १३०, सिद्धार्थनगरका ४५, सैनामैनाका ४१, देवदह र कञ्चनका २०–२० जना छन् ।
त्यसैगरी सियारीका ११, कोटहीमाईका ९, ओमसतियाका ८, शुद्धोधनका ५, गैडहवाका ४, मायादेवीका ३, रोहिणीका २ र लुम्बिनी साँस्कृतिक नगरपालिका तथा सम्मरीमाई गाउँपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बिहीबार ४९२ जना संक्रमणमुक्त हुँदा रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ७ हजार ४७० पुगेको छ ।
प्रतिक्रिया 4