+
+
Shares

हिन्दी भाषामा ‘वीर विक्रम २’

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते ११:५२

नेपाली बक्स अफिसमा औसत व्यापार गरेको चलचित्र ‘वीर विक्रम २’लाई हिन्दी भाषामा पनि प्रदर्शन गर्ने तयारी यसको निर्माण पक्षले गरेको छ ।

निर्देशक मिलन चाम्सले चलचित्रको क्लिप्स सामाजिक संजालमा शेयर गर्दै कोरोना महामारी जारी रहेको खण्डमा हिन्दी भाषमा डबिङ गरिएको चलचित्रलाई युट्युबबाट रिलिज गर्ने जानकारी दिएका छन् ।

दुई वर्ष अगाडि नै चलचित्रलाई हिन्दी भाषामा डब गरिए पनि कोरोनाका कारण भारतमा रिलिज गर्न नपाएको उल्लेख गर्दै मिलनले युट्युबमा भए पनि रिलिज गर्ने बताए । पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटी अभिनीत यो चलचित्रले मित्रताको कथा भन्छ ।

नेपालमा औसत व्यापार गरेको यो चलचित्रले हिन्दी भाषामा दर्शकको साथ कस्तो पाउने हो त्यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?