+
+
Shares

सलमानको ‘राधे’लाई कमजोर समिक्षा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते १२:११

बलिउड नायक सलमान खान अभिनित प्रतिक्षित चलचित्र ‘राधे’ डिजिटल प्लेटफर्म तथा हलमा रिलिज भएको छ । विशेषगरि, ओभरसिजका दर्शकका लागि यो चलचित्र हलमा रिलिज भएको छ । भारतमा भने हल बन्द रहेकाले दर्शकले ओटीटी प्लेटफर्मबाट यो चलचित्र हेर्न सक्नेछन् ।

प्रभु देवाको निर्देशनमा बनेको यो चलचित्रलाई समिक्षकले भने निकै कमजोर प्रतिक्रिया दिएका छन् । भारतका चर्चित समिक्षक तरण आदर्शले चलचित्र हेरेर आफू निराश भएको उल्लेख गरेका छन् । सामाजिक संजालमा पनि चलचित्रलाई लिएर कमजोर प्रतिक्रिया आइरहेको छ ।

चलचित्र ‘राधे’मा सलमानको साथमा दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डा लगायतका कलाकारको अभिनय छ । यो चलचित्र जी प्लेक्सको ओटीटी प्लेटर्फमा रिलिज भएको हो ।

चलचित्र रिलिज भएको केही घन्टामै जी प्लेक्सको सर्भर क्रास भएको थियो । तर, सर्भर क्रास भएको एक घन्टापछि यो एपले काम गरेको थियो । भारतमा कोरोनाको दोश्रो लहरका कारण लकडाउन भएपछि दर्शकले अनलाइनको माध्यमबाट यो चलचित्र हेरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?