+
+
Shares

थप ७५ हजार कर्मचारी भर्ना गर्दै अमेजन, कोरोना खोप लगाउनेलाई १ सय डलर भत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते १२:२२

३१ वैशाख, काठमाडौं । विश्वकै ठूलो इ कमर्श कम्पनी अमेजनले नयाँ भर्ना हुने कर्मचारीहरुले कोभिड १९ को पूर्ण खोप लगाएको प्रमाण पेश गरेमा थप १ सय डलर भत्ता पाउने घोषणा गरेको छ । साथै अमेजनले कम्पनीको लजिस्टिक कार्यसञ्चालनका लागि थप ७५ हजार नयाँ कर्मचारी भर्ना गर्न लागेको पनि जनाएको छ ।

अर्थतन्त्र पुनःसुचारु गर्नका लागि कोरोना विद्धको खोप अनिवार्य बनिरहेको बेला अमेरिकाका उपभोग्य सामानका प्रमुख बिक्रेताहरुले आफ्ना कर्मचारीहरुलाई कोभिड १९ को खोप लगाउन प्रोत्साहन स्वरुप बोनस लगायतका प्रोत्साहन रकम दिन थालेका छन् । यसो गर्नेमा डलर जनरल, क्रोगर तथा टार्गेट लगायतका रिटेलर्स छन् ।

महामारीका बेला लागू भएका विभिन्न खाले बन्देजका बेला इ कमर्श क्षेत्र फस्टाएको छ र रेष्टुरेन्ट, कारखाना तथा रेटल स्टोरहरुका साथै गोदामकेन्द्रहरुमा समेत घण्टाबारी ज्यालादारी कामदारको माग उच्च बनेको छ ।

अमेजनले आफ्नो अमेरिकास्थित गोदाम केन्द्रहरुमा काम गर्नका लागि नयाँ भर्ना गर्ने कर्मचारीहरुलाई प्रतिघण्टा १७ डलर ज्याला भुक्तान गर्नेछ । साथै नयाँ भर्ना हुने कर्मचारीहरुलाई सुरुवातमै १ हजार डलर बोनस प्रदान गरिनेछ भने कोरोना खोप लगाएको प्रमाण पेश गर्नेले १ सय डलर थप पाउनेछन् ।

रोयटर्सबाट

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?