+
+
Shares

तीन दलबीच प्रधानमन्त्री ओलीको सम्भावित कदमबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते १३:३७

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित कदमबारे छलफल गरेका छन् ।

वैकल्पिक सरकार गठनको प्रयास असफल भएपछि तीन दलका नेताहरु एकठाउँमा बसेका थिए । बैठकमा नेताहरुले जसपालाई एकतावद्ध बनाउन नसकेको र एमालेको माधव नेपाल समूहका नेताहरुले सहयोग नगरेको गुनासो गरेका छन् ।

अब प्रधानमन्त्रीले विश्वासको मत लिएर सरकार चलाउँछन् कि मध्यावधि चुनावतिर लैजान्छन् भन्ने पनि छलफल भएको थियो । ‘राजनीति कुन कोर्षमा जान्छ भन्ने पनि छलफल भयो,’ बैठकमा सहभागी एक नेता भन्छन्, ‘प्रधानमन्त्री ओलीको चाहना मध्यावधि भएकाले जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई तटस्थ नै राखेर मुलुकलाई मध्यावधितिर लैजान सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?