Comments Add Comment

कैलालीमा एकैदिन थपिए ४३३ संक्रमित, ८ जनाको मृत्यु

३१ वैशाख, धनगढी । कैलालीमा एकैदिन अहिले सम्मकै उच्च थप चार सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १२०३ जनाको परीक्षण गर्दा थप पाँच सय ३४ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु मध्ये कैलालीका मात्र चार सय ३३ जना रहेको श्रेष्ठले बताए ।

धनगढी उपमहानगरपालिकाका २५ र चार सय ८ जना अन्य विभिन्न स्थानीय तहका रहेको उनले बताए । पछिल्लो २४ घण्टामा कैलालीमा थप ८ जनाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पताल र मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीका ५, कञ्चनपुरका २ र दार्चुलाका एक जनाको मृत्यु भएको हो । कैलालीको धनगढी उपमहानगरपालिका–२ का ३३ वर्षीय पुरुष, वडा नम्बर ४ का ५१ र ५६वर्षीय पुरुष, गोदावरी नगरपालिका–२ का ७३ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका–७ का ४५ वर्षीय पुरुषको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–६की ३८ वर्षीय महिला, बेलौरी नगरपालिका–११ का ३८ वर्षकै पुरुष र दार्चुलाको मार्मा गाउँपालिका-५ का ४० वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

सेती प्रादेशिक अस्पतालबाट २४ घण्टामा कोरोना जितेर २ जना घर फर्किएका छन् । अस्पतालमा अहिले ९८ जना संक्रमितको उपचार भइरहेको छ । उनीहरु मध्ये १६ जना आईसीयू, २ जना भेन्टिलेटर, ८० जना अक्सिजन सर्पोट र २ जनालाई आवश्यकताअनुसार अक्सिजन दिने काम भइरहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment