+
+
Shares

अध्‍यक्ष ओलीसँग हाम्रो अडान कायमै छ : भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते १६:३५

३१ वैशाख, काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले मुलुकको राजनीतिले दिशा परिर्वतन गरिनसकेको बताएका छन् ।

शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोप लगाएर बाहिरिदै गर्दा सञ्‍चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आन्तरिक व्यवस्थापनका दृष्टिले स्थिति केही फेरबदल भएपनि मूलभूत फेरबदलको अनुभूति हुनका लागि अझै मेहनत गर्नुपर्ने अवस्थामा नै राजनीति रहेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो देशको राजनीतिको जुन अवस्था छ ,राजनीतिले दिशा परिर्वतन गरिसकेको अवस्था छैन । यद्यपि त्यसलाई राजनीतिक दलहरुको दृष्टिकोणबाट, आफ्ना आन्तरिक व्यवस्थापनको दृष्टिकोणबाट अलिकति स्थितिमा फेरबदल भएको मान्छेलाई लाग्न सक्छ तर त्यसमा मूलभूत फेरबदल भएर साँच्चिकै कोरोनाको महामारी छ, अरु जनताका समस्याहरु छन्, राजनीति त्यतातिर केन्द्रित भएर नेपालको संविधानले परिकल्पना गरेको सरह, हामी जनताले परिकल्पना गरेको कुरा,त्यतातर्फ कसरी जाने भन्नेमा अझै मेहनेत गर्नुपर्ने देखिन्छ ।’

आफ्नै पार्टीका अध्यक्षलाई असहयोग गर्न प्रधानमन्त्रीले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा अनुपस्थित भएका नेपाल खनाल पक्षले फेरि प्रधानमन्त्रीसँग सहमति गरि संयुक्त सरकार गठनमा असहयोग गरेपछि एमाले भित्रको संकट निवारण भएको हो भन्ने संचारकर्मीको प्रश्नमा उनले आफूहरुको अडान यथावत रहेको प्रतिक्रिया दिए । बिहीबार अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओलीसँग भएको वार्तामा केही सकारात्मक कुरा भएपनि त्यसले आकार नलिइसकेको प्रतिक्रिया उनले दिए ।

उनले भने, ‘हामी अहिले पनि कानूनी शासन मान्ने पद्धती अनुरुप देश, विभिन्न संगठनहरु विशेष गरी राजनीतिक दलहरु चल्नुपर्छ भन्ने मान्यता राख्ने भएको हुनाले नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र मार्गनिर्देशन बमोजिम केन्द्रीय कमिटी यथावत रहनुपर्दछ र अमिल्दा कुराहरु रद्द भएर पार्टी स्वभाविक रुपमा अघि जानुपर्छ भन्ने मान्यतामा हामी कायमै छौ । यस सन्दर्भमा हिजो जे जति कुराहरु भए ती कुराहरुमा केही सकारात्मक कुराहरु अवश्य भएका छन् । त्यसले ठोस आकार ग्रहरण गर्न अझै बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?