Comments Add Comment

रौतहटका थप ६ जना‍ संक्रमितको मृत्यु

थप एक साता लकडाउन

३१ वैशाख, रौतहट । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण रौतहटका ६ जनाले ज्यान गुमाएका छन ।

गौरमा रहेको अस्थायी कोविड अस्पतालमा उपचारका क्रममा रहेका ३ जना र जिल्ला बाहिर अन्य अस्पतालमा उपचारको क्रममा ३ गरी ६ जनाको ज्यान गएको हो ।

आज मृत्यु भएका मध्ये २ जना महिला र ४ पुरुष रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । मृतक दुवै महिला गौर ८ की थिइन । कोरोना संक्रमणका कारण रौतहटमा २ संचारकर्मी समेत ३६ जनाले ज्यान गुमाएका छन्।

रौतहटमा आज थप ४३ जनामा कोविड १९ को संक्रमण पुष्टी भएको छ । यो सँगै जिल्लामा संक्रमितको कुल सँख्या ५४५ पुगेको छ । गौर नगरपालिकामा संक्रमितको सँख्या १ सय ४ पुगेको छ । हालसम्म रौतहटका संक्रमित भएका ६३९ मध्ये ७३ जना निको भएर घर फर्किएका छन ।

शनिबारदेखि थप एक साता लकडाउन

कोरोना भाइरस (कोविड १९) दोश्रो लहरको संक्रमण समुदाय स्तरमै फैलिएर मृतकको सँख्या बढन थालेपछि रौतहट प्रशासनले ७ दिनको लागी जिल्लामा लकडाउन घोषणा गरेको छ ।

समुदाय एवं सर्वसाधारणमा कोरोना संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम जेठ १ देखी ७ गते सम्मका लागी रौतहट जिल्ला भरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरेको छ । स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपाी, दुध, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, आपूर्ति बाहेकका अन्य सवै निकाय र सेवालाई पनि निषेध गरिएको छ भने एम्बुलेन्स, शव वाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र संचालनको अनुमति दिएको छ ।

खाद्य सामग्री, तरकारी तथा फलफूलका पसलहरु हप्ताको दुई दिन सोमबार र बिहिवार खोल्न पाइनेछ भने बैंक तथा वितिय सँस्थाहरु आइतवार र बुधवार मात्रै संचालन हुनेछन । निर्माण सामग्रीको ढुवानी बेलुका बिहान ७ बजे सम्म मात्रै गर्न पाइने प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले बताए ।

वैवाहिक कार्यक्रममा बेहुला बेहुली समेत बढीमा १५ जना र दुई वटा गाडीमात्र प्रयोग गर्न पाइने उनले बताए । अत्यावश्यक काममा खटिने सवारी साधन, कुटनितिक नियोग र आधिकारीक प्रेस पास प्राप्त सवारी साधनहरु संचालन हुने प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment