+
+
Shares

कोभिड महामारीमा सरकार गम्भीर र जिम्मेवार बन्न सकेन : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते १९:१६
फाइल तस्वीर

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड—१९ को संक्रमणले उग्ररुप लिँदा पनि सरकार गम्भीर र जिम्मेवार बन्न नसकेको बताएका छन् ।

देशभरका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरसहित आईसीयू बेड र औषधिको अभावले ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेको भन्दै उनले भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी अक्सिजन, आईसीयू बेड, खोप लगायत औषिधको व्यवस्था गर्न माग गरेका छन् । उनले तत्काल अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरी जनताको उपचारमा गम्भीर बन्न समेत सरकारसँग आग्रह गरेको छ ।

नेता देउवाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गरी दिन अपील समेत गरेका छन् ।

देशमा व्याप्त यस विषम घडीमा सबै दिदीबहिनी, दाजुभाइमा स्वास्थ्यका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न समेत उनले अनुरोध गरेका छन् । देशभरका आफ्ना पार्टीका नेता तथा शुभेच्छुकहरुलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न समेत उनले अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?