+
+
Shares

पुरानो मेडिकल कलेजले १० दिनभित्रै नयाँ अक्सिजन प्लान्ट सञ्चालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते ६:१९

२, जेठ, चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरले १० देखि १५ दिनभित्रै अक्सिजनको नयाँ प्लान्ट सञ्चालन गर्ने तयारी गरेको छ । कलेजले नवलपुरको गैंडाकोटमा नयाँ प्लान्टबाट अक्सिजनको उत्पादन गर्न लागेको कलेजका निर्देशक डा. मनोहर प्रधानले जानकारी दिए ।

सो प्लान्टबाट दैनिक २०० देखि २५० सिलिण्डर अक्सिजन उत्पादन हुने निर्देशक डा. प्रधानले बताए । ‘अहिले चितवनका अस्पतालमा अक्सिजनको अभाव जस्तो देखिएको छ, अभावमा कमी ल्याउन यसले मद्धत गर्छ भन्ने विश्वास छ’ निर्देशक डा. प्रधानले भने, ‘बढीमा १५ दिनभित्र हामी उत्पादन गर्न सक्छौं ।’

विद्युतीय सामग्रीको जडान तथा भारतबाट आउनुपर्ने केही सामान आउने क्रममा बाटोमा नै रहेकाले १५ दिनभित्र सञ्चालनमा आउने डा. प्रधानले जानकारी दिए । यो उद्योगलाई चौबिसै घण्टा चलाउने गरी तयारी गरिरहेको उनी बताउँछन् ।

अहिलेको नयाँ प्लान्ट सञ्चालनका लागि आवश्यक अन्य सामाग्रीहरु कोभिडको दोस्रो लहर सुरु हुनुअघि नै ल्याइसकिएकोले अहिले छिट्टै प्लान्ट सञ्चालन गर्न सम्भव भएको उनी बताउँछन् ।

नवलपुरको गैंडाकोटमा कलेजले यसअघि नै कलेजले सिद्धीविनायक अक्सिजन उद्योग चलाउँदै आएको छ । उद्योगका इन्जिनियर तथा म्यानेजर किरणकुमार नेपालले उद्योग पूर्ण क्षमतामा चलेको बताए । उनको उद्योगले पुरानो मेडिकल कलेजबाहेक चितवनका केही निजी अस्पताल र हेटौडा अस्पतालमा अक्सिजनको सिलिण्डर दिँदै आएको छ ।

दैनिक ४ सय ठूलो सिलिण्डर भर्ने क्षमताको उद्योगसँग २८ सय ठूलो र ७ सय सानो सिलिण्डर छन् ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?