Comments Add Comment

विराटनगरमा १३ घण्टाको अवधिमा थप १२ जना संक्रमितको मृत्यु

२ जेठ, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा  उपचाररत विभिन्‍न अस्पतालमा १२ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १२ जनाको मृत्यु भएको हो । नोबेलमा ७, कोशीमा ३ र विराट अस्पतालमा २ जनाको मृत्यु भएको हो । शनिबार दिउँसो ३ बजेदेखि आइतबार बिहान ४ बजेसम्‍म यी संक्रमितहरुको मृत्‍यु भएको छ ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका-१ की ६४ वर्षीया वृद्धा महिलाको बिहान १ बजे मृत्यु भएको छ। उनलाई वैशाख २३ गते अस्पताल भर्ना गरिएको थियो ।

विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय पुरुषको राति ११:३० बजे मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएका उनलाई उपचारका लागि शनिबार दिउँसो मात्रै अस्पताल भर्ना गरिएको थियो ।

उदयपुरको बेलटारका ५६ वर्षीय पुरुषको राति १०:५६ बजेतिर नोबेलमै मृत्यु भएको हो । उनलाई वैशाख २६ गते ल्याइएको थियो । विराटनगर–४ का ५२ वर्षीय पुरुषको राति १०:२५ बजेतिर मृत्यु भएको हो । मृतकलाई वैशाख ३१ गते भर्ना गरिएको थियो ।

सुन्दरहरैँचा नगरपालिका–९ का ६० वर्षीया वृद्धा महिलाको शनिबार दिउँसो ४:१५ बजेतिर मृत्यु भएको हो । उनलाई वैशाख २७ गते अस्पताल भर्ना गरिएको थियो ।

सिरहाका ६९ वर्षीय पुरुषको दिउँसो ४:३० बजे मृत्यु भएको छ । उनलाई वैशाख ३१ गते भर्ना गरिएको थियो । सिराहकै ६२ वर्षीय वृद्ध पुरुषलाई उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो । सङ्क्रमित वृद्धको शनिबार दिउँसो ३:१५ बजे मृत्यु भएको हो ।

यस्तै कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिका-३ का ५३ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ । उनलाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।

विराटनगर-१ की ३४ वर्षीया महिलाको पनि राति नै मृत्यु भएको छ । उनलाई पनि उपचारका लागि वैशाख २४ गते भर्ना गरिएको थियो । विराटनगर-१४ का ६८ वर्षीय वृद्ध पुरुषको शनिबार राति मृत्यु भएको हो । वृद्धलाई शनिबार दिउँसो भर्ना गरिएको थियो ।

यस्तै विराट मेडिकल कलेजमा दुई सङ्क्रमितको मृत्यु भएको छ । इलामको इलाम नगरपालिका-८ का ३४ वर्षीय पुरुषको आइतबार बिहान ४ बजे मृत्यु भएको छ ।

यस्तै कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका पुरुषलाई उपचारका लागि वैशाख २८ गते अस्पताल भर्ना गरिएको थियो । सर्लाही लालबन्दीकी ३५ वर्षीया महिलाको विराटमै शनिबार राति १०:२० बजे मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment