 
																			२ जेठ, काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी धुस्रेनीबाट विभिन्न अवैध हातहतियार तथा सामानसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ४२ वर्षीय डम्बरबहादुर कार्की, उनका भाइहरु ३५ वर्षीय द्रोणकुमार कार्की तथा २६ वर्षीय रविन्द्र कार्की र ७४ वर्षीय कृष्णबहादुर विक रहेका छन् ।
उनीहरुको साथबाट ३ थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने फलामको छर्रा, सोडा, गन्धक, जंगली जनावर मृगको टाउको, सालकको खबेटा र अन्य औजारसमेत प्रहरीले बरामद गरेको छ । गोप्य सूचनाको आधारमा शनिबार साँझ खटिएको टोलीले उनीहरुको घर तलासी गर्दा उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4