Comments Add Comment

परोपकार अस्पताललाई जोन्टा क्लव अफ काठमाडौँले दियो ४ अक्सिजन कन्सनट्रेटर

२ जेठ, काठमाडौं । जोन्टा क्लव अफ काठमाडौँले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रशुतिगृह) लाई चार वटा अक्सिजन कन्सनट्रेटर दान गरेको छ ।

चार वटा अक्सिजन कन्सनट्रेटरहरु हिजो अस्पतालका हेड कोभिड विङका इन्चार्ज डाक्टर सुवेदीलाई हस्तानतरण गरिएको हो ।

अप्रिल २०२० मा पहिलो लकडाउनको क्रममा खाद्यान्न प्याकेट, पीपीई सेट, काठमाडौँ र ललितपुर वरिपरि भर्खरै जन्मिएका बच्चाहरुलाई किटहरुको वितरण सहित जोन्टाले कोभिडको विरुद्ध लडाईमा सहकार्य गरेको थियो ।

जोन्टा क्लवअफ काठमाडौँकी अध्यक्ष सीमा गोल्छाले महिला र बालबालिकाको सुधारको लागि काम गर्ने अभियान अन्तर्गत यो सहयोग गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment