Comments Add Comment

जसिता गुरुङः मिहिनेतको नतिजा पर्खिरहेकी नायिका

नेपाली चलचित्र क्षेत्रमा ‘लिलिबिली’बाट प्रवेश गरेकी नायिका जसिता गुरुङले आइतबार आफ्नो जन्मदिन मनाइन् । उनलाई उनका फ्यान, आफन्त, परिवार र चलचित्रकर्मीले शुभकामना दिएका थिए ।

जसिताले पनि सामाजिक संजालमा जन्मदिन सेलिब्रेशन गर्दै गरेको तस्वीर शेयर गर्दै सबैलाई धन्यवाद दिएकी छिन् । नायिका जसिता गुरुङले पहिलो चलचित्र ‘लिलिबिली’बाट नै चलचित्र क्षेत्रमा संभावना देखाएकी थिइन् । यो चलचित्रपछि उनलाई लिएर देशका चर्चित ब्यानरहरुले चलचित्र बनाउने कोशिश भने गरे । तर, जसिताले निकै कम चलचित्रमा काम गरिन् । उनले काम गरेको दोश्रो चलचित्र ‘लभ स्टेशन’ बक्स अफिसमा नराम्रोसँग पछारियो । यसपछि भने उनको करिअरमा घाटा लाग्यो ।

उनै, जसिताले करिब २ बर्षपछि चलचित्र ‘आई एम ट्वान्टी वान’मा काम गरेकी छिन् । यो चलचित्र रिलिज कहिले हुन्छ टुंगो छैन । तर, यो चलचित्रका लागि उनले मिहिनेत भने खुबै गरेकी छिन् ।

चलचित्रकी निर्देशक रेनशा वान्तवा राईले जसितालाई शुभकामना दिदै लेखेकी छिन्–‘तिम्रो कडा मिहिनेत र धैर्यताले तिमीलाई जहाँ पुग्नु पर्ने हो, त्यहाँ पुर्याउनेछ ।’

जसिता पनि यो चलचित्रको प्रतिक्षामा छिन् । नेपाली चलचित्र क्षेत्रमा भविष्यकी स्टारकी रुपमा हेरिएकी जसिताले नायक अनमोल केसीसँग चलचित्र ‘एन्टी हिरो’ पनि खेल्ने तयारी गरेकी छिन् । तर, यो चलचित्र बन्ने या नबन्ने टुंगो लागेको छैन ।

लण्डनमा हुर्किएर नेपाली चलचित्र क्षेत्रमा भविष्य खोज्दै गरेकी जसितालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment