+
+
Shares

बाँकेमा जेठ १० गतेसम्म लम्बियो निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३ गते १३:४२
फाइल तस्वीर

३ जेठ, काठमाडौं । बाँकेमा जारी निषेधाज्ञा जेठ १० गतेसम्म लम्बिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार एक विज्ञप्ति जारी गर्दै सोमबार (जेठ ३ गते) राति १२ बजेसम्म जारी निषेधाज्ञालाई जेठ १० गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय भएको जानकारी दिएका हुन् ।

कोभिड–१९ को संक्रमण दरमा कमी नआइ परिस्थिति असहज बन्दै गइरहेकोले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको व्यवस्थालाई अझ प्रभावकारी बनाउन जारी निषेधाज्ञा लम्ब्याएको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?