Comments Add Comment

स्वास्थ्यको तथ्यांक : उपत्यकाका अस्पतालमा १०४० बेड खाली (सूचीसहित)

४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा सोमबारसम्म १०४० बेड खाली रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निजी तथा सरकारी अस्पतालले कोरोना स्रंक्रमितको लागि बेड अभाव रहेको भनिरहँदा स्वास्थ्य मन्त्रालयले भने आइसोलेसन, आईसीयू र भेन्टिलेटर समेत गरी १०४० बेड खाली रहेको तथ्यांक सार्वजनिक गरेको हो ।

उक्त तथ्यांक अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अस्पताल सहित उपत्यकाका सबै सरकारी अस्पतालहरु, धुलिखेल अस्पताल लगायतका सामुदायिक अस्पतालहरु एवं निजी अस्पतालमा गरी कुल २३८६ वटा आइसोलेसन बेड रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये हाल १६३६ जनामात्रै बिरामीहरु आइसोलेसनमा छन् । यसको अर्थ उपत्यकाका अस्पतालहरुमा ७५० वटा आइसोलेसन बेड खाली छन् ।

उदाहरणको लागि बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा कुल १७० आइसोलेसन बेडको क्षमता छ । तर त्यहाँ सोमबारसम्म १६१ जना बिरामी रहेको स्वास्थ्यको तथ्यांकले देखाउँछ । त्यस्तै, सोही अस्पतालमा २० वटा आईसीयू बेड रहेकोमा अहिले ११ जना बिरामी मात्रै छन् । यसको अर्थ त्यहाँ ९ वटा आईसीयू बेड खाली छ । सोही अस्पतालमा रहेका नौवटै भेन्टिलेटरमा बिरामी रहेको तथ्यांकमा देखिन्छ ।

त्यस्तै, उपत्यकाका सबै अस्पतालमा गरी कुल ४६४ वटा आईसीयू बेड रहेकोमा जम्मा २४३ जना मात्रै बिरामीहरु आईसीयूमा रहेका छन् । यसको अर्थ उपत्यकामा २२१ वटा आईसीयू बेड खाली छन् । उपत्यकामा रहेको २०२ वटा भेन्टिलेटरमध्ये हाल १३३ वटा मात्रै बिरामी राखिएको तथ्यांकमा उल्लेख छ ।

यसरी आइसीयू, आइसोलेसन बेड र भेन्टिलेटर सहित कुल ३०५२ वटा बेडको क्षमता रहेका अस्पतालहरुमा कुल २०१२ जना बिरामी मात्रै राखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म होम आइसोलेसनमा देशभर एक लाख ६ हजार ५१० जना रहेका छन् । संस्थागत आइसोलेसनमा ६ हजार ९७० जना, आईसीयूमा १२५९ जना र भेन्टिलेटरमा ४०० जना बिरामी रहेको मन्त्रालयले जनाएको छ ।

कुन अस्पतालमा कति बिरामी छन् ? भन्ने बारेमा मन्त्रालयले सार्वजनिक गरेको सूची तल उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment