+
+
Shares

न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको दर्ता सुरु, शृंखला खतिवडा प्रशिक्षक हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ४ गते १०:४०

न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (नेपाल उत्तर अमेरिका सुन्दरी ) २०२१ आगामी अगस्त १४ मा हुने भएको छ । गत वर्ष २०२० मा कोरोना महामारीका कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो ।

उक्त प्रतियोगिताको नारा ‘भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण’ राखिएको छ । प्रतियोगितामा सहभागी हुन् चाहने प्रतियोगीहरुको लागि आवेदन खुल्ला गरिएको छ ।  आवेदन पत्र दर्ता गर्ने अन्तिम समय जुन १५,२०२१ सम्‍म राखिएको छ ।

बिजेतालाई नेपाल आउने जाने हवाई टिकट प्रदान गरिने छन् भने नेपाल टुरिज्म बोर्डले २०२१-२०२२ को लागि विजेतालाई सद्भावना दूतमा मनोनित गर्नेछ । साथै अन्य थप जानकारी चरणवद्ध रुपमा अध्यावधिक गरिने आयोजकले जनाएको छ ।

सन् २०१९ मा सम्पन्न दोश्रो मिस नेपाल नर्थ अमेरिका-२०१९ (उत्तर अमेरिका नेपाल सुन्दरी -२०१९ ) मा न्यूयोर्ककी श्रेया गजुरेल विजयी भएकी थिइन् ।

यस पटक तेश्रो मिस नेपाल नर्थ अमेरिकाको आयोजना ड्रिम्स युनिभर्सल एलएलसीले गर्नेछ भने मिस नेपाल वर्ल्ड -२०१८ कि (पूर्व नेपाल सुन्दरी ) शृंखला खतिवडा प्रशिक्षकको रुपमा सहभागिता जनाउने छिन्।

११ वर्षसम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति रहेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?