Comments Add Comment

कोरोना संक्रमणबाट वडाअध्यक्षको मृत्यु

४ जेठ, रौतहट । कोरोना संक्रमणका कारण रौतहटमा एक जनप्रतिनिधिको ज्यान गएको छ ।

रौतहटको गरुडा नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष रामेश्वर राय यादवको उपचारको क्रममा ज्यान गएको हो ।

विगत १५ दिनदेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा रहेका ५५ वर्षीय यादवको सोमबार बेलुका मृत्यु भएको गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले जानकारी दिए ।

स्वास्थ्य जटिल बनेपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment