Comments Add Comment

नबिलको ‘डिजी बैंक’ : घरमै बसेर गर्न सकिन्छ धेरै काम

५ वैशाख, काठमाडौं । अहिले अधिकाँश नेपालीको हातमा स्मार्टफोन छ । जसले घरबाटै बैंकिङ कारोबार गर्न सहज बनाइदिएको छ । डिजिटल बैंकिङलाई अझ सहज बनाउन नबिल बैंकले केहि समय अघि ‘डिजी बैंक’ स्थापना गरेको थियो ।

नबिल बैंकले ‘डिजी बैंक’ खडा गरेर अहिले आक्रामक रुपमा अघि बढेको छ । कोरोना महामारीका बेला नबिललेको डिजी बेंक निकै प्रभावकारी बनेको बैंकको दावी छ ।

निषेधाज्ञामा सामान्य बैकिङ्ग काम र कारोबारका लागि बैंक धाउनु नपर्ने बैंकको डिजी बैंका प्रमुख विनय रेग्मी बताउँछन् । सुरक्षा र सुविधाका हिसाबले आफ्नै स्मार्टफोनबाट घरमै बसेर अधिकाँश बैंकिङ्ग कारोबार गर्न उनको सुझाव छ ।

पछिल्लो समय डिजिटल कारोबारमा बैंक भन्दा उपभोक्ता एक कदम अघि बढिसकेका छन् । उपभोक्तसँगसँगै हिड्न बैंकले आफ्ना सेवालाई प्रभावकारी र बहुउपयोगी बनाउँदै लगेको छ ।

केही समयअघिसम्म धिमा गतिमा डिजिटल कारोबारमा अघि बढेको नबिल बैंकले अहिले विभाग नै बनाएर बैंकलाई ‘डिजिटाइज्ड’ गरिरहेको छ । बैंकले आन्तरिक तथा बाह्य दुवै तिर डिजिटाइज्ड गर्न नयाँ डिजी बैंक खडा गरेर ग्राहकलाई बैंक धाइरहनु नपर्ने बनाइरहको हो ।

नबिल बैंकको सञ्चालक तथा व्यवस्थापन टीमको मुख्य ध्यान बैंकलाई पूर्ण डिजिटाइज्ड बनाउने रहेको रेग्मी बताउँछन् । व्यवस्थापनले नबिल डिजि बैंक विभाग नै बनाएर अघि बढ्नु पनि बैंकले डिजिटाइजेसनमा अत्यधिक फोकस गरेको पुष्टि हुन्छ ।

नबिल डिजि बैंकको नेतृत्व रेग्मीले गरेका छन् । अहिले रेग्मी सहितको टीम आन्तरिक तथा बाह्य दुवै तिर बैंकलाई डिजिटाइजेसन गर्न खटिएको छ । धेरै सुचकका आधारमा नेपालको नम्बर वान बैंकमा पर्छ नबिल । त्यही भएर डिजिटल बैंकिङमा पनि नबिल एक नम्बरको ताजमा अगाडी बढेको रेग्मी बताएँछन् ।

हुन त नबिल बैंकमा डिजिटाइजेसन पहिला पनि नभएको होइन । तर, त्यो बेला त्यहि बेलाको आवश्यकता पुरा गर्नका लागि सिमित सुविधा थियो । त्यो बेला के चाहिन्छ, त्यसलाई पूरा गर्ने गरी डिजिटाइजेसन भएको थियो । तर, अहिले बैंकलाई पूर्ण रुपमा डिजिटाइज गर्ने काम सुरु गरिएका नबिल डिजि बैंकका प्रमुख रेग्मी बताउँछन् ।

‘कुनै बेला कार्डलाई मात्रै फोकस गरियो । त्यसपछि मोबाइल बैंकिङमा ध्यान केन्द्रित गरियो’ उनले भने, ‘यस्तो पाराले अघि बढ्न गाह्रो देखिएपछि बैंकलाई डिजिटलमा ट्रान्सफर्म गर्ने अभिप्रायबाट अगाडी बढेका छौं ।’

अहिले विस्तारै बैंक डिजिटलतर्फ अघि बढेको महशुस हुन्छ । पहिले पहिले ग्राहकहरु बैंकको काउन्टरमा आएर मात्रै सर्भिस लिन्थे । पछि त्यसलाई बैंकले थोरै डिजिटाइज गरेर थप अल्टरनेट च्यानलहरु दिएपछि एमटीएम, मोबाइल, इन्टरनेटबाट एक्सेस गर्न सक्ने व्यवस्था मिलाइएको थियो । त्यो पनि पर्याप्त थिएन ।

डिजिटलमा नबिलको भिजन

ग्राहकले आफूलाई चाहिने सम्पूर्ण बैंकिङ सेवाहरु अनलाइनबाटै लिन सकून, नबिलको डिजिटलको मूख्य भिजन यहि हो । उदाहरणका लागि रेमिट्यान्स पठाउन पर्यो पनि कतिपय अवस्थामा बैंकमा आउनुपर्छ । ऋण लिन पर्यो भने बैंकमा आउनुपर्छ । खाता खोल्नका लागि बैंकमा आउनुपर्ने हुन्छ । सम्पूर्ण वित्तीय सेवाहरु अनलाइनबाट लिन सकिने गरी बैंकले काम गरिरहेको रेग्मीले बताए ।

‘ग्राहकले कुनै सेवा लिनका लागि बैंकको ढोकामा धाउनु नपरोस्,’ उनले भने, ‘सबै काम अनलाइनबाट गर्न मिल्ने गरी सिष्टम ल्याएको र कतिपय ल्याउने तयारीमा रहेका छौं’ ।

कतिपय सेवा त पूर्ण रुपमा अनलाइनबाट हुन्छ । तर, अझै पनि कतिपय सेवाहरु बैंकमै नआइ हुँदैन । त्यसलाई पनि अनलाइनबाटै गर्न सकिने गरी काम भइरहेको छ ।’ आफू बसेको ठाउँबाट, आपूmले रोजेको समयमा, सम्पूर्ण सुविधा ग्राहकले पाउन भन्ने हेतुबाट बैंक अघि बढेको छ ।

बैंकको आक्रामक योजना
बैंकलाई पूर्ण रुपमा डिजिटल्ली ट्रान्सफर्म गर्ने भन्ने प्रमुख योजना छ । त्यसका लागि बैंकले दीर्घकालीन रोडम्याप बनाएर अघि बढेको छ । आगामी तीन वर्ष भित्रमा बैंकलाई पूर्ण रुपमा डिजिटल बनाइसक्ने योजना छ । र त्यही अनुरुप अघि बढेको रेग्मी बताउँछन् ।

त्यसैगरी, बैंकलाई पनि त्यसैगरी पनि रि–स्टक्चर गरेको उनको भनाइ छ । ‘बैंकले डिजिबैंक भन्ने जन्मायो, त्यसभित्र पनि मल्टिपल फङ्सन बनायौं’, उनले भने । अहिले बैंकले आन्तरिक तथा बाह्य रुपमा तत्काल लागू गर्नुपर्ने क्षेत्रको पहिचान गरेर त्यसलाई कार्यान्वयनमा लागिसकेको छ ।

नबिल बैंकका ग्राहकलाई अनलाइनमार्फत लिने सेवाको बारेमा समेत जानकारी गराइरहेको छ । बैंकले अनलाइनमार्फत खाता खोल्न चाहिने सम्पूर्ण विवरण भर्न सकिने, नबिल स्मार्ट एपमार्फत धेरै जसो बैकिङ्ग कारोबार गर्न सकिने, ऋणका लागि अनलाइनबाटै फारम भर्न सकिनेलगायतका व्यवस्था गरिसकेको छ ।

बैंकका खाता खोल्नका लागि आवश्यक डकुमेन्ट अनलाइनमार्फत भर्न सकिने भए पनि खातावाला एक पटक बैंकमै आउनै पर्ने व्यवस्था छ । त्यसलाई पनि कसरी हटाउन सकिन्छ भनेर डिजि बैंकले काम सुरु गरेको छ ।

ऋणको आवेदन अनलाइनबाट बुझाए पनि बैंकमा आउनै पर्ने व्यवस्था छ । त्यसलाई कसरी हटाउन सकिन्छ भनेर बैंकले गृहकार्य गरिरहेको रेग्मीले बताए ।

बहुउपयोगी ‘नबिल स्मार्ट एप’
नबिलको मोबाइल बैकिङ्गको प्रयोगकर्ता ५ लाख ७५ हजार छन् । घरमै बसेर सुविधा लिने क्रम बढ्न थालेपछि मोबाइल बैकिङ्गमा आकर्षण बढिरहेको छ । नबिलको स्मार्ट एपबाट धेरै बैकिङ्ग सेवा उपयोग गर्न मिल्छ । एपबाटै खाताको विवरणलगायतका कामदेखि विभिन्न वस्तु तथा सेवा खरिद गरेबापत भुक्तानी पनि गर्न मिल्छ ।

नबिलले एप खोल्ने वित्तिकै टपमा सम्पूर्ण फिचरहरु देखिन्छ । ग्राहकलाई जुन सेवा चाहिन्छ टपमा रहेको आइकन क्लिक गरेर त्यसको भुक्तानी गर्न सकिने रेग्मी बताउँछन् । अन्य मोबाइल वालेटजसरी फिचरहरु एपभित्र राखिएको छैन् ।

एप लगइन नगर्दै टपमा विजुलीको विल, मोबाइलमा रिचार्ज, एयरलाइन्सको टिकट, सरकारी राजस्व, खानेपानी, इन्टरनेट, टिभीको रिचार्ज, इन्स्योरेन्सको बिमा प्रिमियम, इएमआई, ब्रोकर तथा मर्चेन्ट बैंकको भुक्तानी, मनकामना केवलकार, बस, मुभिज्, ट्राभल्स, विभिन्न स्कुल तथा कलेजहरुको शुल्कलगायत दैनिक प्रयोगमा आउने सम्पूर्ण सेवाहरु नबिल स्मार्ट एपमा पाइन्छ ।

‘खासमा विभिन्न मोबाइल वालेटभन्दा नबिल मोबाइल बैकिङ्ग एप सजिलो छ । अब यसमा बानी पार्नका लागि हामीले गृहकार्य थालिसकेका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment