Comments Add Comment

भाइरस तथा कीटाणुनाशक उपकरण भाइरोसिल्ड सार्वजनिक

भाइरस तथा अन्य कीटाणुनाशक उपकरण भाइरोसिल्ड  सार्वजनिक गरेको छ । हाल कोभिड–१९ तीव्र गतिले बढिरहेको अवस्थामा हामी सबै स्वस्थ र सुरक्षित रहनु अत्यावश्यक छ । कोरोनाको दोस्रो लहरले जटिल परिस्थिति निम्त्याउँदै गएको हुँदा घर, हस्पिटल, बैंक तथा अन्य सेवा प्रदानरत संघसंस्थाहरुमा आफ्नो वरिपरि रहेका सामानहरुलाई जीवाणुरहित बनाउन गोदरेजको भाइरोसिल्ड एकदम उपयुक्त मानिएको कम्पनीको दावी छ ।

२ देखि ६ मिनेटभित्रमा भाइरोसिल्डले युभी–सी रेमार्फत ९९ प्रतिशतभन्दा बढी कोभिड–१९ भाइरसको सूक्ष्मजीवबाट सुरक्षा प्रदान गर्ने कम्पनीले दावी गरेको छ । भाइरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाईल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिन्छ । भाइरोसिल्डमा विविध सरसामग्रीहरु राख्न मिलेता पनि औषधि, ब्याट्री, पावर बैंकजस्ता सामानहरु भने राख्नुहुँदैन ।

आईसीएमआर ल्याबद्वारा सर्टिफाइड अत्यधिक युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाइरोसिल्डमा एक वर्षको वारेन्टी पनि रहेको छ । कोभिड–१९ को संक्रमण दिनानुदिन बढ्दै गइरहेको र  सरसामग्रीहरु पनि संक्रमणको घेराभन्दा बाहिर रहनु जरुरी भएकाले गोदरेज भाइरोसिल्ड निकै उपयोगी ठहरिने विश्वास गरिएको छ । यस गोदरेज ब्रान्डलाई चौधरी ग्रुप अन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्सको ईओएल प्रालिले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

यसको मूल्य १५ हजार ५९० तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment