+
+
Shares

स्वीटजरल्याण्ड सरकारले स्वास्थ्य सामग्री सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ४ गते २०:१९

४ जेठ, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि स्वीटजरल्याण्ड सरकारले नेपाललाई यसैसाता विभिन्न स्वास्थ्य सामग्री पठाउने भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग मंगलबार भएको टेलिफोन संवादमा नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजावेथ भन क्यापिलरले नेपाललाई अक्सिजन कन्सेन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन टेस्टिङ किट सहयोग गर्न लागेको जानकारी दिइन् ।

स्वास्थ्य सामाग्री बोकेको गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाडौं आइपुग्ने स्वीस राजदूत क्यापिलरले जानकारी दिइन् । चार्टर्ड फ्लाइटको खर्च पनि स्वीस सरकारले नै व्यहोर्ने उपप्रधानमन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री पोखरेलले नेपाल र नेपालीप्रति सद्भाव देखाएकोमा स्वीजरल्याण्ड सरकारलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?