+
+
Shares

सशस्त्र प्रहरीको गोली लागेर एक युवक घाइते

टोपराज शर्मा टोपराज शर्मा
२०७८ जेठ ५ गते ११:००
Photo Credit : Shyam thapa

५ जेठ, बुटवल । नवलपरासी (पश्चिम) को दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन् ।

प्रहरीको गोली लागेर प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २२ वर्षीय अविनाश राय घाइते भएका हुन् ।

बुधबार बिहान साढे ९ बजेतिर भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा विवाद भएपछि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।

तस्वीर : श्‍याम थापा

प्रहरीले गोली चलाएको घटनाले स्थानीयमा त्रास बढेको र सीमावर्ती नेपाल र भारत दुबैतर्फको अवस्था तनावपुर्ण बनेको स्थानीयको भनाइ छ ।

यस घटनाबारे सशस्त्र प्रहरीको तर्फबाट कुनै कुरा सार्वजनिक भएको छैन ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?