+
+
Shares

गुल्मीमा पाँच बेडको आईसीयूका लागि दुई करोड विनियोजन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ५ गते १५:०५

५ जेठ, गुल्मी । गुल्मी जिल्ला अस्पतालमा पाँच बेडको आईसीयू स्थापनाका लागि अर्थ मन्त्रालयबाट दुई करोड रुपैयाँ विनियोजन भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा गुल्मी अस्पतालमा २ करोड रुपैयाँमा पाँच बेडको आईसीयू स्थापनाका लागि अर्थ मन्त्रालयबाट बजेट विनियोजन भएको परराष्ट्रमन्त्रीका स्वकीय सचिव जंग नेपालीले बताए ।

कोरोना संक्रमणको दोस्रो लहरबाट जिल्लामा एक हजारभन्दा बढी संक्रमित भएका छन् । जिल्लामा थप सुविधासम्पन्न अस्पताल नहुँदा धेरैजना बिरामी ठूलो रकम खर्चेर बुटवल, पोखरा, काठमाडौं लगायतका शहरमा लैजानुपर्ने बाध्यता रहेको छ ।

तर जिल्लामै आईसीयू बेड स्थापना भएपछि राहत मिल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?