+
+
Shares

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ५ गते १६:४५
फाइल तस्वीर

५ जेठ, काठमाडौं । गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन केन्द्र सरकारलाई सिफारिस गरेको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेसँगै बसेको पहिलो बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा डा. भीष्म अधिकारीलाई नियुक्त गरेको छ । प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गिरिधारी पौडेल र सदस्यमा विष्णु बराललाई नियुक्त गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?