+
+

आचारसंहिता उल्लंघन गर्ने प्रधानमन्त्रीलाई कारबाही गर : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ५ गते १७:४०
फाइल तस्वीर

५ जेठ, काठमाडौं । निर्वाचन आचार संहिता उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधिमा मत माग्दै वक्तव्य दिएको भन्दै नेपाली कांग्रेसले भर्त्सना गरेको छ ।

कांग्रेस संसदीय दल, कार्यसमितिको बुधबार बसेको बैठकले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधि सुरु भइसकेको बेला प्रधानमन्त्रीले वक्तव्य जारी गर्दै मत मागेको भन्दै आप्पत्ति जनाएको हो ।

‘निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लंघन गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ भन्ने हाम्रो ठहर छ’ प्रमुख सचेतक बालकृष्ण खाँडले भने ।

वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन भोलि हुँदैछ । त्यसको अघिल्लो दिन नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बादलको पक्षमा मत माग्दै वक्तव्य निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?