![](https://www.onlinekhabar.com/wp-content/uploads/2020/10/Death-Form-Corona-1024x583.jpg)
५ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा उपचाररत थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशभर थप ९ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए । उनका अनुसार मृतकमध्ये सुर्खेतका ५ जना, दैलेख, डोल्पा, जाजरकोट र रुकुम पश्चिमका एक/एकजना रहेका छन् ।
योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७९ पुगेको निर्देशनालयले जनाएको छ ।
कर्णालीमा बुधबार ६८९ जनाको पीसीआर परीक्षण गर्दा ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ६२८ जनाको एन्टिजेन २१० जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमित निको भएका छन् भने ७३२ जना आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4