Comments Add Comment

नेपाली सर्ट फिल्म ‘मन बार’ हिन्दी सर्ट फिल्म ‘नामर्द’को कपी

नेपाली चलचित्रको कथा हिन्दी चलचित्रको कथासँग मिलेको खबर त नयाँ होइन । तर, लकडाउनको कारण बग्रेल्ती निर्माण भएका छोटा चलचित्रहरु प्नि हिन्दी छोटा चलचित्रसँ हुबहु मिलेको पाइएको छ ।

अप्रिल १४ मा युटुबमा रिलिज भएको छोटो चलचित्र ‘मन बार’ एक हिन्दी छोटो चलचित्र ‘नामर्द’सँग हुबहु मिल्छ । यतिसम्मकी, यो चलचित्रको संवाद समेत नेपालीमा रुपान्तरण गरेर चलचित्रमा समावेश गरिएको छ ।

जीवन शाहीको निर्देशनमा तयार भएको ‘मन बार’मा नायिका सुरक्षा पन्त र गायक तथा कलाकार कोशिश क्षेत्रीको मुख्य भूमिका छ ।

रुपेन्द्र खड्गीले यो चलचित्रको कथा, पटकथा तथा संवाद लेखेका हुन् । यो चलचित्रलाई दर्शकले रुचाएका छन् । ८ लाख २० हजार भ्यूज यो चलचित्रले सार्वजनिक भएको ३ सातामै प्राप्त गरिसकेको छ ।

तर, चलचित्रको कथा ‘नामर्द’ नामक छोटो चलचित्रसँग मिलेपछि यसको निर्माण टिम विवादमा परेको छ । ‘नामर्द’मा पूर्णिमा फुसे र अंकुर भिन्चुरकरले अभिनय गरेका छन् ।सन् २०१९ को फ्रेवुअरीमा निर्माण भएको हिन्दी छोटो चलचित्र ‘नामर्द’लाई जयस मेस्ट्रीले लेखेका हुन् । उदय कामतको यो छोटो चलचित्रमा पटकथा, सम्पादन तथा निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment