
गायक हेमन्त रानाले अमेरिकामा बिबाह गरेका छन् । उनले, प्रेमिका माया अधिकारीसँग बिहे गरेका हुन् । उनीहरुको बिहे क्रिश्चियन परम्परा अनुसार भएको हो । गायक हेमन्त रानाले अनलाइनखबरसँग कुराकानी गर्दै भने–‘हामी साढे २ बर्षदेखि प्रेम सम्बन्धमा थियौं । दुबैको परिवारको सहमतीमा बिहे गरेका हौं ।’
‘सुन साइँली’ बोलको गीत गाएपछि चर्चामा रहेका हेमन्त केही बर्ष अगाडि अमेरिका पुगेका थिए । उनी अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्छन् । हेमन्तका अनुसार माया नर्सिङ पढिरहेकी छिन् ।
गायक हेमन्त र मायाको बिहेमा उनका आफन्त, परिवार र साथीहरुको उपस्थिती थियो ।
गायक रानाका ‘दुबो फुल्यो, लैजा रे, सुन साइँली, तिमी छौं र पो’ लगायतका गीतहरु सुपरहिट भएका थिए । गायक रानालाई वैवाहिक जीवनको शुभकामना ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4