+
+
Shares

विपक्षी गठबन्धनको बैठक : बुढानीलकण्ठको सकियो, तीन बजे फेरि बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ७ गते १२:५४

७ जेठ, काठमाडौं । विपक्षी गठबन्धनको बैठक शुक्रबार अपराह्न तीन बजे फेरि बस्ने भएको छ ।

बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा भेला भएर छलफल गरेका दलहरु दिउँसो तीन बजे फेरि बैठक बस्न लागेका हुन् ।

देउवा निवासमा बसेको बैठकमा सरकारको विकल्पबारे छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिई नयाँ सरकार गठनको लागि आह्वान गर्नु असंवैधानिक भएको र नयाँ सरकारको विकल्प खोज्ने विषयमा केन्द्रित रहेर छलफल भएको जसपाका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

कांग्रेस, माओवादी र एमाले माधव नेपाल पक्षबीच छलफल भइरहेको बेला उपेन्द्र यादव पक्षका नेता मोहम्मद इस्तियाक राई पनि पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?