Comments Add Comment

राष्ट्रपति कार्यालय अगाडि नेविसंघको प्रदर्शन

७ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक कदम चालेको भन्दै राष्ट्रपति कार्यालय अगाडि नेपाल विद्यार्थी संघले शुक्रबार प्रदर्शन गरेको छ ।

प्रधानमन्त्रीले विश्वासको मत नलिई वा पदबाट राजीनामा नदिई सरकार गठनका लागि गरेको सिफारिसको आधारमा राष्ट्रपतिले दलहरुलाई २१ घण्टाको मात्र समय दिनु असंवैधानिक भएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै नेविसंघका नरेश विष्ट र श्याम ओझालाई नियन्त्रणमा लिएको भट्टराईले बताए ।

पक्राउ परेका आफ्ना दुई जना विद्यार्थी नेतालाई तत्काल रिहा गर्न उनले आग्रह गरे । पक्राउ परेका विद्यार्थी नेतालाई तत्काल रिहा नगरे असहज परिस्थितिमा पनि नेविसंघ आन्दोलित हुने उनले चेतावनी दिए ।

नेविसंघका अध्यक्ष राजिव ढुंगानाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै लोकतन्त्र र संविधानको रक्षार्थ निर्णायक संघर्ष गर्न आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment