+
+
Shares

बाँकेमा एकैदिन १७ संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ७ गते १८:११

७ जेठ, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोरोना संक्रमणबाट बाँकेका १० जना र बाहिरी जिल्लाका सात जनाको मृत्यु भएको हो ।

थपिए ३४२ संक्रमित

बाँकेमा पछिल्लो २४ घण्टामा थप ३४२ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लका तीन वटा प्रयोगशालामा ५८७ नमुना परीक्षण गर्दा ३४२ जना संक्रमित थपिएको ओलीले बताए । जसमध्ये बाँकेका मात्रै २०६ जना र बाहिरी जिल्लाका १३६ जना रहेका छन् ।

३३८ जना डिस्चार्ज

बाँकेमा शुक्रबार ३३८ जना संक्रमित डिस्चार्ज भएका छन् । ओलीका अनुसार १५५ जना महिला १८३ जना पुरुष गरी कुल ३३८ जना संक्रमित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?