+
+
Shares

जोन्सन एण्ड जोन्सनसँग कोभ्याक्स कार्यक्रमका लागि २० करोड डोज खोप खरिद सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ७ गते १९:४३

७ जेठ, काठमाडौं । विश्वका गरीब मुलुकमा सकेसम्म छिटो कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्‍याउने उद्देश्यका साथ ल्याइएको कोभ्याक्स कार्यक्रमका लागि जोन्सन एण्ड जोन्सन (जेएण्डजे) को २० करोड रुपैयाँ डोज खरिद सम्झौता भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार जाभी भ्याक्सिन एलायन्सले जेएण्डजेसँग उक्त सम्झौता भएको एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिमा अहिले भएको सम्झौताअनुसारको खोप सन् २०२१ मा उपलब्ध हुनेछ । अहिले भएको सम्झौता गरीब मुलुकलाई खोप उपलब्ध गराउने क्षेत्रमा महत्वपूर्ण हुने समाचारमा उल्लेख छ ।

जेएण्डजेको कोरोना खोप एक डोजमात्र दिए पुग्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार जेएण्डजेको कोरोना खोप लगाएको २८ दिनपछि गम्भीर संक्रमण र अस्पताल भर्ना हुनबाट बचाउने मामिलामा ८५.४ प्रतिशत प्रभावकारी देखिएको छ । त्यस्तै क्लिनिकल परीक्षणको क्रममा यो खोप गम्भीर तथा सामान्य लक्षण देखिने संक्रमण नियन्त्रणको लागि ६६.९ प्रतिशत प्रभावकारी पाइएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?