Comments Add Comment

कांग्रेसले बोलायो पदाधिकारी बैठक

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेस नेताहरुले छलफल गर्न लागेका हुन् ।

बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलण्ठकमा बस्ने बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देउवा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमबारे छलफल हुने र आवश्यक रणनीति बनाउने जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे पनि राष्ट्रपतिले त्यसलाई नमानेको भन्दै कांग्रेस रुष्ट छ । राष्ट्रपति र प्रधानमन्त्रीबाट विधि–पद्धति मिचेर लोकतन्त्रमाथि हमला गरेको भन्दै कांग्रेस नेताहरूबाट आक्रोशपूर्ण प्रतिक्रिया आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment