Comments Add Comment

किन रोकियो ‘दि भ्वाइस अफ नेपाल’को नयाँ भागको प्रशारण ?

हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको नम्बर १ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ शुक्रबार प्रशारण भएन । आज शनिबार पनि यो शो प्रशारण नहुने कार्यक्रमको निर्माण टिमले जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमण बढेको भन्दै शुक्रबार र शनिबार शोको नकआउट चरणका भागहरु प्रशारण नहुने आयोजकले जनाएको छ । ‘दि भ्वाइस अफ नेपाल’को आधिकारिक फेसबुक पेजमा लेखिएको छ–‘कसैको पनि जीवन र स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो भन्ने कुरालाई पहिलो प्राथमिकता दिदै, हामी जो जहाँ छौ त्यही नै सेल्फ आइसोलेसनमा छौ । यो साता कुनै पनि छायांकन र कार्यक्रम निर्माण गर्न सक्षम हुन सकेनौं ।’

आयोजकले नयाँ भाग प्रशारण गर्न नसकेको दर्शकसँग क्षमा समेत मागेको छ । साथै, परिस्थिती अनुकुल भए अर्को सातादेखि शो नियमित प्रशारण गर्ने आयोजकले जनाएको छ । ‘दि भ्वाइस अफ नेपाल ३’को १८ भाग प्रशारण भैसकेको छ । यो शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment