+
+
Shares

बीपी प्रतिष्ठानले भन्यो- नयाँ बिरामीले आफैं अक्सिजनको जोहो गरेर अस्पताल आउनू

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ८ गते १९:४७

८ जेठ, काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लान्टमा समस्या आएका कारण कोरोनाका नयाँ बिरामीलाई भर्ना लिन नसक्ने भएको छ ।

आफैं अक्सिजन सिलिण्डरको जोहो गरेर आउने बिरामीलाई भने भर्ना लिने प्रतिष्ठानले बताएको छ ।

प्रतिष्ठानका सह–प्रवक्ता चुरामणि पोखरेलले शनिबार सूचना जारी गर्दै प्रतिष्ठानमा रहेको असक्सजन प्लान्टमा प्राविधिक समस्या आएकोले अक्सिजनको अभावमा गम्भीर अवस्थाका नयाँ बिरामीको उपचार गर्न नसकिने अवस्था आएको उल्लेख गरेका छन् ।

प्रतिष्ठानमा रहेको अक्सिजन प्लान्टको हाल मर्मत भइरहेको र छिट्टै नै नयाँ बिरामीको भर्ना लिने उनले स्पष्ट पारेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?