+
+
Shares

बुटवलमा थप १० जना संक्रमितको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ९ गते १८:२५

९ जेठ, रुपन्देही । बुटवलमा थप १० जना कोरोना संक्रमितहरुको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत ७ जना रूपन्देहीका र ३ जना गुल्मीका छन् ।

बुटवल १२, रूपन्देहीका ४२ वर्षीय पुरुषको शुक्रबार विहान ९:४० बजे, बुटवल-८ रूपन्देहीको ५६ वर्षीय पुरुषको शुक्रबार साँझ ६:२९ बजे, बुटवल-११ रूपन्देहीकै ७२ वर्षीय महिलाको शनिबार विहान ६ बजे मृत्यु भएको छ ।

यस्तै शुद्धोधन गाउँपालिका ६ रूपन्देहीकी २६ वर्षीय महिलाको शनिबार ६:३ बजे, तिलोत्तमा २ रुपन्देहीका ६१ वर्षीय पुरूषको शनिबार विहान ९: १५ बजे, वुटवल-११ की ६१ वर्षीया महिलाको शनिबार साँझ ५:२० बजे र सियारी ५ रूपन्देहीकी ५६ वर्षीया महिलाको शनिबार साँझ ५:४५ बजेनै मृत्‍यु भएको छ ।

यस्तै गुल्मीदरवार गाउँपालिका-५ गुल्मीका ४२ वर्षीय पुरुषको शनिबार दिउँसो २:१५ बजे, रेसुङगा नगरपालिका-९ की ६५ वर्षीया महिलाको आइतबार अस्पताल ल्‍याउँदै गर्दा बाटैमा मृत्‍यु भएको छ भने मालिका गाउँपालिका-६ गुल्मीका ४८ वर्षीय पुरूषको आइतबार विहान २ बजे मृत्‍यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?