 
																			कोभिड १९ को बढ्दै गएको संक्रमणले आक्रान्त पारिरहेको बेलामा विरामीको उपचारमा अक्सिजनको धेरै खपत हुन थालेपछि व्यापक माग बढिरहेको छ । सो अभावलाई कम गर्न र उपयुक्त सामाग्री प्रदान गर्न विभिन्न सरकारी निकाय, निजी क्षेत्र तथा विभिन्न संघ संस्थाबाट सहयोग जुट्दै छन् ।
यही बढीरहेको अक्सिजन सिलिन्डरको मागलाई सहज गर्ने उद्देश्यका साथ उपाय सिटी कार्गोले निशुल्क दुवानी सेवा दिइरहेको छ ।
निषेधाज्ञाका कारण अक्सिजन सिलिन्डर ओसार पोसार गर्न सर्वसाधारण तथा केही संस्थाहरुलाई निक्कै समस्या पारीरहेको थाहा पाएपछि उपाय सिटी कार्गोका कर्मचारी र यस संस्थासँग आवद्ध टाटा योद्धा र टाटा एसका सवारीधनीहरु मिलेर हाल काठमाडौं पोखरा तथा बुटवल-भैरहवामा निशुल्क सेवा दिँदै आएका छन ।
उपाय सिटी कार्गोका चिफ अपरेटिङ अफिसर -सीओओ) अमिगो खड्का भन्नुहुन्छ, ‘हामीले हाल मे २३ सम्म ५१२ भन्दा बढी अक्सिजन सिलिन्डरहरु डेलिभर गरिसकेका छौं । हाम्रो उपाय सिटी कार्गोको सन्जालमा आवद्ध यस घडीमा पनि अग्रपन्थीमा डटेर अत्यावश्यक सामाग्रीहरु दुवानी गर्दै गर्नुभएका मध्ये २० जना टाटा गाडीका सवारीधनीहरुले सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै दुवानी सेवा दिइरहनु भएका छन । हामी प्रार्थना गर्दछौं कि तपाईं वा तपाईंको परिवारमा त्यस्तो कुनै समस्या नआओस, तर परिस्थितीवश अक्सिजन सिलिन्डर दुवानी गर्नुपर्ने अवस्था आएमा हामी छौं भनेर जानकारी दिन चाहन्छौं ।’
आपतको यो बेला सम्पर्क गर्न सजिलो होस् भनेर ९८८१०९८८३० र ९८८१०९८८८० मा फोन गर्न सकिनेछ । यो सेवा २४ घन्टा नै उपलब्ध छ । उपाय सिटी कार्गो सम्बन्धी थप जानकारी चाहिएमा दिईएको वेबसाइटबाट लिन सकिनेछ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4