+
+
Shares

जेनेस सोलुसन : ५.५ करोड लगानीसहित पायो नयाँ प्रमुख कार्यकारी

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १० गते १७:४६

नेपालस्थित बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी जेनेस सोलुसनले बिजनेस अक्सिजन प्रालि बाट रु. ५.५ करोड बराबर रकम लगानी प्राप्त गरेको छ । बिजनेस अक्सिजन प्रालि वर्ल्ड बैंक ग्रुप अन्तर्गतको अन्तर्राष्ट्रिय वित्तिय निगमद्वारा संचालित ग्लोबल एसएमइ भेन्चर पहलको एक अंग हो।

मुख्यत : क्लाउड कन्सल्टेन्सी क्षेत्रमा अग्रणी स्थानमा रहेको जेनेस सोलुसनले उक्त रकम आफ्नो विभिन्न रणनैतिक उद्धेश्यहरुको परिपूर्तिको लागि प्रयोग गर्ने छ। यस्ता उद्देश्यहरुमा आफ्नो सेवा / उत्पादनको दायरा बिस्तार र व्यवसायिक सिपको स्तरोन्नति लगायत देशको समग्र डिजिटल क्षेत्रको रूपान्तरण पर्दछन् ।

‘बिजनेस अक्सिज प्रालिबाट प्राप्त वित्तीय लगानीलाइ हामी दक्ष मानव संशाधन र पछिल्ला प्रविधिलाई अपनाई आफ्नो दैनिक कार्य सम्पादनलाई रुपान्तरण गर्न परिचालन गर्ने छौं। यसले दिर्घकालिन रुपमा देशको सम्पूर्ण सूचना प्रविधि उद्ध्योगलाइ नयाँ उचाइमा पुर्याउन एक उत्प्रेरकको भूमिका खेल्ने छ,’ जेनेस सोलुसनको संस्थापक अन्जनी फुयाँल भन्छन् ।

जेनेस सोलुसनले प्रसन्न पोखरेललाई आफ्नो नेपाल कार्यालयको लागि नॅया प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ। सिक्स सिग्मा ब्लाक बेल्टको प्रमाणपत्र पाएका पोखरेलको आइबिएमईएक्सएल, भायानेट कम्युनिकेशन लगायत सूचना प्रविधिको क्षेत्रसँग सम्बन्धित विभिन्न संगठनहरुमा अग्रणी स्थानमा बसेर काम गरेको दुई दशक लामो अनुभव छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?