Comments Add Comment

गोरखामा संरक्षित कालो सालक भेटियो

Photo Credit : तस्वीर सौजन्य : कुशल श्रैष्ठ 
उद्धार गरिएको सालकलाई नयाँ बासस्थानमा छोडिँदै ।

११ जेठ । गोरखामा संरक्षित कालो सालक फेला परेको छ । गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदी किनारमा हिँड्दै गरेको अबस्थामा सालकको उद्धार गरिएको जिल्ला वन कार्यालय गोरखाले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी महेश पौडेलका अनुसार सोमबार आरुघाट गाउँपालिका ९ मा अलपत्र परेको अवस्थामा उक्त सालक भेटिएको हो । भेटिएको सालकलाई गोरखा नगरपालिकाको एक सामुदायिक वनमा ल्याएर छोडिएको पौडेलले जानकारी दिए ।

गोरखा नगरपालिकाको ठूलो वन क्षेत्रमा पनि यसअघि धेरै पटक सालक फेला परेको कार्यालयले जनाएको छ । ‘गोरखामा पहिलो पटक सालक भेटिएको होइन । यस अघि गोरखा नगरपालिका र पालुङटारमा पनि धेरै फेला परेका छन,’ सूचना अधिकारी पौडेलले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment