Comments Add Comment

किन उठ्यो ‘फेमिली म्यान २’ ब्यान्ड गर्नुपर्ने माग ?

जुन ४ बाट अमेजन प्राइममा रिलिज हुन लागेको वेव सिरिज ‘फेमिली म्यान २’को प्रशारण रोक्नुपर्ने माग भारतमा जोडतोडका साथ उठिरहेको छ । राज र डिकेले निर्देशन तथा निर्माण गरेको यो वेव सिरिजको केही दिन अगाडि मात्र ट्रेलर सार्वजनिक भएको थियो । यसको ट्रेलरले दर्शकको मन जितेको थियो ।

तर, यो वेव सिरिजलाई रोक लगाउनु पर्ने माग गर्दै भारतको तमिलनाडु राज्य सरकारले केन्द्रिय सरकारलाई पत्र पठाएको छ ।

यसको एक दिन अगाडि मात्र राज्य सभा सांसद वाइकोले सूचना एवं प्रशारण मन्त्री प्रकाश जावडेकरलाई पत्र लेख्दै वेव सिरिजमाथि प्रतिवन्ध लगाउनुपर्ने माग गरेका थिए ।
यो वेव सिरिजले तमिलनाडुका जनताको भावनामाथि ठेस पुर्याएको भन्दै प्रशारणमा रोक लगाउनुपर्ने माग उठेको हो । राज्य सरकार र सांसदले नै चिठ्ठी पठाउँदै प्रशारणमा रोक लगाउन माग गरेपछि यो वेव सिरिजको प्रशारणमा समस्या हुने देखिएको छ ।

तमिलनाडुको राज्य सरकारले लेखेको पत्रमा, यो वेव सिरिजले श्रीलंकामा तमिल इलमको ऐतिहासिक संघर्षको बदनाम गर्न खोजेको आरोप लगाइएको छ । तमिल संकृतीको अपमान गरेको भन्दै यो सिरिज प्रशारणमा रोक लगाउन राज्य सरकारले केन्द्र सरकारलाई पत्र पठाएको हो ।

यो वेव सिरिजमा कलाकार मनोज वाजपेयी मुख्य भूमिकामा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment