+
+
Shares

बाल मन्दिरका ४९ बालबालिकामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ११ गते १४:१८

११ जेठ, काठमाडौं । बाल मन्दिरले सिफल र नक्सालमा राखेका ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल बाल संगठन अन्तर्गतका यी बाल मन्दिरमा आश्रित बालबालिकामा कोरोना संक्रमण देखिएको हो ।

५ वर्ष माथिका बालबालिकाहरु केहीमा सामान्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले जानकारी दिइन् । उनका अनुसार नक्सालको संक्रमित बालबालिकालाई आइसोलेसनमा राखिसकिएको छ ।

यस्तै सिफलका बालबालिकालाई आज साँझसम्म आइसोलेसन सेन्टरमा राखिने र अपाङ्गता भएका बालबालिकालाई भने बागडोलमा रहेको अपाङ्गता आइसोलेसन केन्द्रमा राखिएको अध्यक्ष न्यौपानेले जानकारी बताइन् ।

यस्तै कोरोना परीक्षण गर्दा नक्साल र सिफलमा कार्यररत १० जना कर्मचारीमा समेत कोरोना पोजिटिभ देखिएको छ । अहिलेसम्म सबैको अवस्था सामान्य रहेको अध्यक्ष न्यौपानेले बताइन् ।

उनले भनिन्, ‘सबैको अवस्था अहिलेसम्म सामान्य देखिएको छ । सामान्य ज्वरो आउने, खोक्ने लक्षण देखिएको छ । संक्रमणको पुष्टि भएको अधिकांश त लक्षण पनि देखिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?