Comments Add Comment

बाँकेमा एकै दिन १४ संक्रमितको मृत्यु, थप ५५९ जनामा संक्रमण

११ जेठ, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेका ५ र बाहिरी जिल्लाका ९ जना गरी जम्मा १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६ महिला र ८ पुरुष छन् । योसँगै कोरोना संक्रमणबाट दोस्रो लहरमा बाँके जिल्लामा मात्रै मृत्यु हुनेको संख्या २२१ पुगेको छ भने बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या १६३ पुगेको छ ।

थपिए ५५९ संक्रमित

बाँकेमा पछिल्लो २४ घण्टामा थप ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार १०४७ नमुना परीक्षण गर्दा ५५९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये बाँके जिल्लाका मात्रै २४७ जना छन् ।

योसँगै बाँकेमा कोरोनाको दोस्रो लहर सुरु भएयता संक्रमण हुनेको संख्या ११ हजार ८३८ पुगेको छ । महामारी यता संक्रमण हुने संख्या भने १६ हजार ७९६ पुगेको ओलीले बताए ।

२९३ डिस्चार्ज

बाँकेमा मंगलबार २९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । १३० महिला र १६३ जना पुरुष संक्रमित डिस्चार्ज भएको फोकल पर्सन ओलीले बताए । योसँगै बाँकेमा कोरोनामुक्त हुनेको संख्या १५ हजार १३८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment