Comments Add Comment

विश्वभर कोरोनाका नयाँ संक्रमित र मृतकको संख्यामा कमी : डब्ल्यूएचओ

१२ जेठ, काठमाडौं । पछिल्लो साता विश्वभर कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित र संक्रमणको कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार यो अवधिमा कोरोनाका ४१ लाख नयाँ संक्रमित थपिएका थिए र ८४ हजार कोरोना संक्रमितको मृत्यु भएको छ ।

२३ मे अघिको एक सातामा अघिल्लो साताको तुलनामा कोरोनाका नयाँ संक्रमितको संख्यामा १४ प्रतिशत र मृत्यु हुनेको संख्यामा दुई प्रतिशतको कमी देखिएको छ ।

डब्ल्यूएचओको साप्ताहिक रिपोर्ट अनुसार २३ मेअघिको एक सातामा युरोपमा कोरोनाको नयाँ संक्रमितको संख्या र मृतक संख्यामा सबैभन्दा धेरै कमी आएको छ । सो अवधिमा युरोपमा कोरोनाका नयाँ संक्रमितको संख्यामा २५ प्रतिशतको कमी आएको छ भने मृतक संख्या २१ प्रतिशत घटेको छ ।

दक्षिण–पूर्वी एसियामा पनि कोरोनाका नयाँ संक्रमितको संख्यामा २१ प्रतिशतको उल्लेख्य कमी आएको छ । तर, मृतक सख्या भने चार प्रतिशत बढेको छ । अमेरिकी, भू–मध्यसागरीय, अफ्रिकी र पश्चिमी प्रशान्त क्षेत्रको स्थिति अघिल्लो साताको तुलनामा खासै फरक छैन ।

पश्चिमी प्रशान्त क्षेत्रमा मृत्यु हुनेको संख्यामा सबैभन्दा धेरै वृद्धि भएको पाइएको छ । यो क्षेत्रमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा २२ प्रतिशत वृद्धि भएको छ । अन्य क्षेत्रमा भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ ।

पछिल्लो चार सातामा विश्वभर कोरोना संक्रमणमा केही कमी आएको छ । तर, अझै पनि विश्वभर देखिने नयाँ संक्रमित तथा मृतक संख्या उच्च छ । धेरै मुलुकहरुमा अहिले पनि कोरोना संक्रमण तथा मृतक संख्यामा वृद्धि भइरहेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment