Comments Add Comment

नारायणी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

१२ जेठ, वीरगञ्ज । नारायणी अस्पतालमा विभिन्न स्वास्थ्य सामग्री र उपकरण सहयोग गरिएको छ । चर्चित अभिनेत्री मनिषा कोइराला र वीरगञ्ज महानगरपालिकाले नारायणी अस्पतालमा विभिन्न स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरेका हुन् ।

कोरोना संक्रमितको उपचार गरिररहेको वीरगञ्जको एक मात्र सरकारी अस्पताल नारायणी अस्पताल हो । अस्पतालले १४५ बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याएको छ । अस्पतालमा हाल १०५ जना कोरोना संक्रमित उपचाररत छन् ।

बुधबार अभिनेतृ कोइरालाले पठाएको ४ थान नन इन्भेसिभ भेन्टिलेटर (सिप्याप), पीपीई सेट, फेसशिल्ड, मास्क १/१ सय थान र फुल फेस मास्क ३ थान हस्तान्तरण गरिएको पत्रकार चन्द्रकिशोरले जानकारी दिए । उक्त सामग्री तथा उपकरण समाजसेवी रामनारायण कुर्मीले अस्पताल परिसरमा पुगेर अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभलाई हस्तान्तरण गरे । कुर्मीले पैसा र पहुँच नहुने मानिस उपचारको अभावमा अकालमा मृत्युवरण गर्ने अवस्था आउन नदिन स्वास्थ्य सामग्रीको उपयोग हुने विश्वास व्यक्त गरे ।

बुधबार नै वीरगञ्ज महानगरपालिकाले ३ थान इन्भेसिभ भेन्टिलेटर सहयोग गरेको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment