Comments Add Comment

कैलालीमा जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्बियो

फाइल तस्वीर

१२ जेठ, धनगढी । कैलालीमा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सिफारिसमा स्थानीय प्रशासनले जारी निषेधाज्ञालाई जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने आदेश गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

सार्वजनिक सवारी सञ्चालनमा रोक, सरकारीलाई निश्चित समय

स्थानीय प्रशासनले जिल्लामा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाएको छ । अत्यावश्यक सामान ढुवानीका सवारी साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ ।

सूचना अधिकारी जोशीले जेठ १४ देखि २० गतेसम्म कुनै पनि सार्वजनिक तथा निजी सवारी साधन चलाउने नपाइने बताए । सरकारी कार्यालय र सेवा प्रदायक संस्थाहरुको हकमा भने बिहान साढे ९ देखि साढे १० र साँझ ५ देखि ६ बजेसम्म मात्र सवारी साधन चलाउन पाइने व्यवस्था गरिएको उनले बताए ।

जिल्लामा कुनै प्रकारका सभा, सम्मेलन, गोष्ठी गर्न पूर्ण रुपमा रोक लगाइएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरेर बढीमा सात जनाको सहभागितामा विवाह, ब्रतबन्ध गर्न पाउने, धार्मिक तथा सांस्कृतिक गतिविधि भने गर्न पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment